नयाँ बर्षका दिन माइतीमा रहेकी श्रीमतीलाई डिनरको बहाना गरि श्रीमानले यसरी गरे हत्या

रिता घिसिंग

पिएनपिखबर : नया बर्ष सबैले आ-आफ्नो तरिकाले मनाउने गरिन्छ। तर एक जना युवा भने नया बर्षको दिन आफ्नो पत्नीको हत्याको योजना बुनिरहेका थिए। पतिले पत्नीलाई डिनरमा लैजान राजी गराए। त्यसपछि निर्दयी पतिले पत्नीको हत्या गरि खेतमा फालिदिए। बिहान जब मानिसहरु खेतमा काम गर्न निस्किए तब उनीहरुले अर्धनग्न अवस्थामा महिलाको शव फेला पारे।

खरावड़ गाउमा बस्ने पिंकीको बिबाह झज्‍जरको सोनूसंग गरिएको थियो। सोनू बहादुरगढ़मा फायर बिग्रेड विभागमा काम गर्थ्यो। बिबाहपछी दुइ जनाको कुरा मिल्दैन थियो। उनीहरुको संधै झगडा हुन्थ्यो। संधै झगडा भएका कारण पिंकी माइती गएकी थिइन्। सोनुले उनलाई धेरै बोलायो तर उनि मानिनन्। पिंकीले गाउकै निजि अस्पतालमा काम पनि शुरु गरेका थिए।

सोनुले पिंकीलाई लिन ससुराल गए। रातको ८ बजेतिर दुवैजना संगै ससुरालबाट निस्किए। राति फेरी दुइजना बीच झगडा भयो। त्यसपछी श्रीमानले धारिलो हतियारले प्रहार गरि श्रीमतीको हत्या गरे। त्यसपछी उनले श्रीमतीको शवलाई खेतमा फालिदिए। पिंकीको शरीरमा पेट, छाती र गर्दनमा प्रहार गरिएको थियो। शवलाई प्रहरीले पोस्‍टमार्टमको लागि अस्पताल लगिएको छ भने आरोपीलाई खोजि गरिरहेको छ।

प्रतिक्रिया