पापीनीलाई सुखमा राख्दा मलेसियामा खुट्टा गुम्यो त्यहिँ पनि छोडेर गइ, ११ महिने छोराको यस्तो बिजोग [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। आफ्नो देश नेपाल कसलाई प्यारो लाग्दैन र तर कयौँ नेपालिको पिडा बिदेशिनु उनीहरुको रहर हैन वाध्यता हो पैसा कमाउन हरकोहीलाई विदेश नै पर्ने स्थितिले धेरै नेपाली विदेशी सकेकाछन्। त्यस्तै पैसाको मोहमा बिदेशिएका एक नेपाली हुन् ताप्लेजुंगका केवल बानिया।

ओराली लागेको मृगलाइ सबैले लखेट्छ भने झै केवल बानियाको जीवनमा यति धेरै दुख एक पछि अर्को गर्दै थपियोकि जुन सुनेर कसैको पनि मन थामिदैन मन मुटु गाँठो पर्छ भक्कानिएर आउँछ। जस्ले बिदेशी भुमिमा रगत पसिना बगाउँदा बगाउँदै आफ्नो शरीरको एउटा खुट्टा गुमाउनु पर्यो र घर फर्किनु पर्यो।

यता घर आए पछि आफ्नो जीवन भर साथ दिन्छु भन्ने श्रीमतीले विदेश जान्छु भन्दै झुक्याएर घर जग्गा बेचेर पैसा सबै कुम्ल्याई अर्कै संग पोइला गइन। फेरि अहिले बाँकि रहेको खुट्टामा पनि समस्या आएको छ। त्यो पनि गुमाउनु पर्ने हो कि भन्ने त्रास नै छ। यसरि नै कहाली लाग्दो जीवन बिताई रहेका छन् केवल बानियाले।

एका तिर खुट्टा गुमाउनुको पिडा अनि अर्को तिर श्रीमती अरुसँग घरजम गरेर बसेको पिडा। तर उनले हार भने खाएनन्। निरन्तर आफ्नो उपचार गरिराखे। अहिले उनले कान्छी श्रीमती विवाह गरेका छन्। उनी अशक्त छन् भन्ने थाह हुदाहुदै पनि गोमाले उनलाई अहिले जीवनसंगिनीको रुपमा साथ् दिई रहेकी छिन्। अहिले उनीहरुको १० महिनाको बाबु छ।

पिडा माथि पिडा भने झैँ सानो बाबुलाई पनि हर्निया देखिएको छ। आफ्नो उपचार गर्ने क्रममा उनले सबै सम्पत्ति बेचिसके। ऋण पनि लिई सके। अब उनको आर्थिक स्थिति निकै कम्जोर भइसकेको छ। यस्तो अवस्थामा उनी आफ्नो सानो बाबुलाई कसरि उपचार गराउने भनेर पिर मानिरहेका छन्।

सामान्य सहकारीमा महिनाको दश हजारको जागिरले आफ्नो उपचार गरुन् कि बच्चाको। फेरी उनी झापा देखि उपचार गर्न काठमाडौँ मासिक रुपमा आउने गर्दछन्। यो पटक भने स परिवार साथ उनी काठमाडौँ आएका छन्। कोहि कसैले सहयोग गरे बच्चाको उपचार गराउने सोचमा रहेका उनले बाबुको उपचार भने गराइसकेका छन्।

सके सम्म सहयोग किन माग्नु भनेर उनी ऋण खोजेरै भए पनि उपचार खर्च धानीरहेका थिए। अब ऋण खोज्ने पनि उनको स्थिति रहेन। तपाई हाम्रो सानो सहयोगले कसैको जीवन बच्छ भने किन सहयोग नगर्ने। सहयोगी मनहरुले सके सहयोग नसके प्रचार गरेर भए पनि सहयोग गरिदिनु हुन सम्पूर्णमा विनम्र अनुरोध छ।

सहयोगको लागि
सम्पर्क नम्बर : ९८१५०८८०७२ (केवल बानिया)
खाता नम्बर : NIC Asia २९८७००३७१५४५२४०१

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू