साताको पाँचौं दिन नेपाली बजारमा सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।
बुधबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, बुधबार तेजाबी सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार नेपाली बजारमा चाँदीको २१ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य ७३९ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय ६० रुपैयाँमा कारोबारमा भइरहेको छ ।