आमाले छोडेर जानुभयो बुवाको मुखसम्म देखेको छैन, एसिड आक्रमणको दिन सम्झेर भक्कानेर रोईन सिमा (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सीमा बस्नेत र संगीता पुलामी मगरलाई चाहेर पनि कसैले पनि बिर्सन सक्दैनन् । उनीहरु माथि २०७१ साल फागुन महिनामा काठमाडौंको वसन्तपुरमा भएको एसिड आक्रमण भएको थियो। नजिकिदै गरेको एसएलसीको तयारी गरिरहेका संगीता र सिमा ट्युशन जाँदा एशिड छयापियो। उनीहरु बाच्न त बाचे तर त्यसपछि भाग्य नै मोडियो।

सिमा हालै ब्याचलर दोस्रो वर्षमा पढीरहेकी छिन्। उनी समाज सेवामा पनि लागि परेकी छिन्। सिमाको गायिका बन्ने लक्ष्य सानै देखिको सपना थियो तर घटना पछि उनको राजनीतिमा प्रवेश गर्ने इच्छा जागेको छ। उनी भन्छिन, ”मेरो भविष्यको लक्ष्य हो पछि म राजनीतिमा आउनेछु।”

उनको बुबा आमा त छन् तर उनको साथमा छैनन्। उनी सानै देखि मामाघरमा नै बस्दै आएकी हुन्। हजुरबुबा हजुरआमाको साहारामा हुर्किएकी सिमा हजुरआमालाई निकै माया गर्छिन। उनी भन्छिन, ”एसिड आक्रमण भएको दिन हजुरमालाई धेरै सम्झिए। मलाई दुख गरेर हुर्काएको बुबाआमालाई मैले पाल्नुपर्छ, बाच्नुपर्छ भन्ने मात्र लागिरहेको थियो।” उनका हजुरबुबाले सेक्युरेटी गार्डमा काम गरेर उनको लालनपालन गरिरहेका छन्।

उनले जीवनमा धेरै उतारचढाव देखे भोगे पनि उनी कमजोर परेकी छैनन्। उनी भित्रैबाट मजबुत भएको बताइन। उनी नेपालको कानुन किताबमा मात्रै सिमित रहेको बताइन। कानुनले अपराधीलाई काराबास राखे पनि उनीहरुले पाउनु पर्ने सजाय पाएको हुदैनन्। पिडितलाई अपराधीलाई जस्तो पिडा दिए त्यस्तै दिनु उपयुक्त हुन्छ। बाँकी हेर्नुहोस भिडियो….

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू