काठमाडौँको दीपक कपास उद्योगमा आगलागी, आगो नियन्त्रणमा बाहिर

admin

काठमाडौँ, १९ पुस : चन्द्रागिरि नगरपालिका–१६ स्थित दीपक कपास उद्योगमा आगलागी भएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार आज साँझ लागेको उक्त आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

आगो अझै नियन्त्रणमा आएको छैन । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दमकल र खानेपानीका ट्याङ्करको प्रयोग गरिएको छ । उक्त आगो कसरी लागेको र के–कति क्षति भएकोबारे विवरण आउन बाँकी छ ।
-रासस

प्रतिक्रिया