मृत्युको मुखमा पुगेकी सुत्केरीलाई हेलिकप्टरबाट उद्दार गर्ने यी माहान समाजसेवीले यसरी बचाए दुई जनाको ज्यान… (भिडियो)

मनिषा थापा

पिएनपिखबर : सोलुखुम्बुमा सुत्केरी व्यथा लागेर छटपटाईरहेकी एक महिलालाई हेलीकप्टरबाट उद्दार गरिएको छ। हाल ती महिलाको काठमाडौँको टिचिङ्ग अस्पतालमा उपचार भईरहेको छ। ती महिलालाई मृत्युको मुखबाट बचाएर हेलिकप्टरबाट अस्पतालसम्म लेराउने महान व्यक्ति दिपक सिलवाल हुन्।

दिपक सिलवाल एक समाज सेवी हुन्। विगत ७ वर्ष देखि समाजसेवामा लागेका दिपक ‘घर आँगन नेपाल’ संस्थाका अध्यक्ष हुन्। उनको संस्थाले पिडित व्यक्तिहरुको उद्दार गर्दै आइरहेको छ । उनले आफ्नो जग्गा जमिन समेत राखेर यस्ता विकट ठाउँमा रहेका पिडित महिलाहरुलाई हेलीकप्टरबाट अस्पतालसम्म पुर्याउने गरेका छन्।

”म धेरै धन भएको मान्छे हैन न मेरो पहुच सरकारी निकायसम्म छ। तर पनि म मानवीय नाताले यस कार्यमा निरन्तर लागिरहेको छु, समाजसेवी दिपक सिलवालले भने, ‘उधारोमा हेलिकपटर लाने गरेको छु। एकपटकको २ लाख जति भाडा लाग्छ।” उनले अहिलेसम्म ७ जना पिडित महिलाको उद्दार गरिसकेका छन्।

आफूसँग पैसा नरहेकाले उधारोमा हेलिकप्टर चार्टर गरेर आमा र बच्चाको ज्यान जोगाउन सकिएपनि पैसाको बन्दोबस्त गर्न कठिन परेको उनले गुनासो पोखे। उनले ३ करोड नेपालीले एक एक रुपौया मात्र सहयोग गरे पनि धेरैले नयाँ जीवन पाउने कारण सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई  मिडियामार्फत सहयोग गर्न अपिल पनि गरेका छन्।

हेर्नुहोस भिडियो :

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू