कठ्यांग्रिदो जाडोमा झाडीभित्र कापेर बसिरहेका एक वृद्धको मानव समाज कल्याणद्वारा उद्दार (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मानब समाज कल्याणले फेरी एक वृद्धको उद्दार गर्ने सफल भएको छ। यस्तो कठ्यांग्रिदो जाडोमा राजधानीको कोटेश्वरस्थित झाडीभित्र चिसो छल्न बसिरहेको यी वृद्धको अबस्था निकै दयानीय देखिन्थ्यो। मानव सामज कल्याणको पहलमा उनलाई आश्रममा लागिएको छ।

कोटेश्वरका महानगरिय प्रहरीको सहयोगमा उनलाई मानव सामज कल्याण पुर्याइयो। उनको सेवा घरमा निकै हेरचाह भईरहेको छ। आफ्नै पाइन्टमा पिसाब गरेको हेक्का नहुने यी वृद्ध अहिले निकै सफा र खुशी देखिन्छन।

आफुलाई गोपाल कार्की बताउने ती वृद्धा एक आँखा देख्दैनन। उनी जाडो छल्नको लागि कोटेश्वर नजिक झाडीभित्र पस्न लागेका थिए। त्यहीबेला उनलाई देख्ने व्यक्तिहरुले सेवा घरमा खबर गरेका थिए। खबर पाएपछि सेवाघरको टिम र पिएनपिमिडियाका सम्बाददाता शो स्थान पुगेर उनलाई प्रहरीको सहयोगमा सेवा घर ल्याइयो।

गोपाल कार्की जस्ता नेपालको राजधानीमा हजारौ यस्ता बेसहारा व्यक्ति छन् जो कठ्यांग्रिदो जाडोमा गल्ली, सडकपेटीमा अलपत्र परिरहेका छन्। उनीहरु भोक, प्यास र बास नपाएर छटपटाएर मरिरहेका छन्। यस्ता व्यक्तिहरु प्रति सरकारको आँखा परेको छैन। सरकार ठुलो ठुलो विकास गर्ने चिल्ला भाषण दिन मात्रै व्यस्त छन्।

यस्ता कतिपय असहाय बेशाहराहरुको मानब समाज कल्याण जस्ता सेवा घरहरु एक मन्दिर बनेको छ। उनीहरुको लागि स्वर्गभन्दा कुनै कम छैन यी सेवा घर। यहाँका सदस्यहरु रात दिन उनीहरुको सेवामा लागिरहेका छन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू