दुई वटा भन्दा भन्दै बिहे अघि नै २३ छोराछोरीकी आमा बनिन् कमला

शर्मिला गुरुङ

काठमाडौँ, २२ पुस : उमेरले ३३ लागेकी उनी अविवाहित महिला हुन् । उनी २० बालबच्चाकी आमा बनेकी छन् । आमा बन्नका लागि नौ महिना गर्भधारण गर्नुपर्छ भन्ने छैन, कर्म दिए पनि पुग्छ भन्ने गतिलो उदाहरण बनेकी छन्, कमला पराजुली ।

उनले जन्मदिने आमाको भूमिका निभाएकी छन् । उनले सहाराविहीन बेवारिसे बालबालिकालाई पालनपोषण गर्दै आएकी छन् । बिहान उठेदेखि सरसफाइ गर्ने, भोक लाग्दा खुवाउने, विद्यालय पठाउने, नुवाइधुवाइ गरिदिने, कपाल कोरिदिने, पोसाक लगाइनेजस्ता दैनिकी काममा उनी आफैं जुटेकी हुन्छिन् । बालबालिका सँगसँगै खाना खाने र सँगै सुत्ने साथै बिदाको दिन घुम्न लैजाने पनि उनी आफैं गर्छिन्। छोराछोरीको खुसी नै मेरो खुसी हो भन्ने सोचाइका साथ उनले बेलाबेलामा भ्रमण लैजाने र पिकनिकसमेत आयोजना गरेकी हुन्छिन्।

तीजका अवसरमा दर खुवाउने कार्यक्रमदेखि दशैँको वडाभोज, पुष १५ को पिकनिक उनले अनिवार्य गराएकी हुन्छिन्। फेदीखोला गाउँपालिका–१ मा ‘अमोर सेवा नेपाल’ नामक बालगृह संस्थाको स्थापना गरी गरिब, सडक, असहाय र साहाराविहिन बालबालिकाको संरक्षणमा जुटेकी छन्।

बाँकी हेर्नुहोस भिडियो:

प्रतिक्रिया

सम्बन्धित समाचारहरू