हुम्लामा गएरातिदेखि हिमपात, तापक्रम माइनस १३ डिग्री

रिता घिसिंग

पौष २२, हुम्ला : पश्चिमी वायुका कारण हुम्लाको उच्च हिमाली भेगमा गए रातिदेखि हिमपात भएको छ ।

सदरमुकाम सिमकोटको तापक्रम आज बिहान माइनस १३ डिग्री सेल्सियस पुगेको छ । मौसमविदका अनुसार बिहानदेखि नै मौसम बदली भएकाले दिनभर हिमपात हुने सम्भावना रहेको छ ।

हिमपातसँगै बढेको चिसोका कारण सदरमुकाम सिमकोटका साथै लिमी मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँका जनजीवन प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । केहीमा वर्षा पनि भएको छ ।

चिसो बढेपछि एसइई परीक्षको तयारी गरिरहेका विद्यार्थीहरु प्रभावित भएका छन् ।रासस

प्रतिक्रिया