काठमाडौं : साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ ।
शुक्रबार प्रतितोला ६० हजार तीन सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज पाँच सय रुपियाँले घटेर ५९ हजार आठ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार दुई सय ७० रुपियाँ कायम गरेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि १० रुपियाँले घटेर प्रतितोला सात सय ५५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ४७ रुपियाँ पचास पैसा कायम गरेको छ ।