१ केजी नक्कली सुनसहित एक जना पक्राउ

रिता घिसिंग

पौष २२, काठमाडौं : काठमाडौंमा फेरि १ केजी नक्कली सुन भेटिएको छ। केही दिन अघि १ केजी नक्कली सुन १० जनाको समूहले बेचेको थियो। सस्तो सुन पाएको भन्दै ४० लाखमा एक जनाले किनेको उक्त सुन केही दिनपछि नक्कली भएको थाहा भएपछि बेच्ने टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यस्तै हिजो शनिवार राती प्रहरीले १ केजी नक्कली सुन सहित १ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शनिबार राती ९ बजे बजे काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ खरिवोटबाट सोलुखम्बु घर भई बुढानिलकण्ठ नगरपालिका १२ खरिवोट बस्ने ३५ वर्षीय तासी शेर्पालाई कोठाबाट सुन जस्तो देखिने १ केजी नक्कली सुन सहित पक्राउ गरेको छ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया