आमा रुदै दुखेसो पोख्छिन,”मुखियाको छोरी भाग्य बिग्रिएर यस्तो ठाउँमा परेँ कसलाई के भनौं र बाबु ?”

शर्मिला गुरुङ

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिकाको सल्यान खनाडाँडा टाउ घरेडीमा ठूलो गुरुङ जातीको बसोबास छ । हेलु सम्मको पक्की सडक हुँदै करिब २ घण्टामा उक्त ठाउँ पुग्न सकिन्छ । टाउ घरेडी पर्वत र स्याङ्जाको सिमाना स्थल पनि हो ।

टाउँ घरेडीमा आफ्नो उमेर समेत थाहा नपाएकी कृष्णकाउली गुरुङका दम्पती बस्छन् । उनीहरुको साथमा एक अपाङ्ग नातिनी पनि छिन् । खुट्टा र कानको समस्या छ उनीमा । तर उनका एकमात्र छोरा गाउँ भन्दा पर पोखरा सहरमा श्रीमतीसँग बस्छन् । अपाङ्ग नातिनी बुढा भएका हजुरबा हजुरआमाले हेर्ने गरेका छन् । कुराकानीकै क्रममा बुढी अमाले रुदै भनिन्–‘भाग्य बिग्रिएर यस्तो ठाउँमा परेँ, मुखियाको छोरी भाग्यले गर्दा यस्तो दुःखमा परियो कसलाई के भनौं र बाबु ?

पर्वतको मुलाबारीबाट मागी बिबाहमार्फत उनी टाउ घरेडी आएकी रहिछन् । हेर्दा ८० बर्ष काटेनी उनीमा उस्तै जोश र जाँगर थियो । सानैमा उनको बिबाह भयो, त्यो बेलामा पनि उनलाई सात तोला सुन दाईजो आएको थियो । सात तोला सुनले उनले नजिकै्र बारी किनिन् तर दुभाग्य उक्त बारी अहिले बाँझो भएको छ ।

स्याङ्जा र पर्वतको सिमानामा यस्तो ठाउँ छ जहाँ पुगेपछि मानिस सोझो भएपनि बाङ्गो हुन्छ । बाङ्गे बजार नामको उक्त ठाउँ मदिरा सेवाका लागी प्रख्यात छ । स्थानीय रक्सीले मानिसहरु झुम्न थाल्छन् र सोझो भएर गएको मानिस त्यस ठाउँको मदिराका कारण बाङ्गो हुने स्थानीयहरुको भनाई छ ।

हेर्नुहोस यो भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू