निगमका महाप्रबन्धक कंसाकारमाथि कालोमोसो दल्ने पक्राउ

रिता घिसिंग

पौष २२, काठमाडौँ : नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कालोमोसो दली दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–४ का ३७ वर्षीय सुरेश तामाङ रहेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज उनलाई थानकोट पानीघाटबाट पक्राउ गरेको हो।

तामाङ वैद्य नेतृत्वको पार्टी नेकपा क्रान्तिकारी माओवादीको भ्रातृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य हुन्। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया