काठमाडौं, पुस २२ : नेपाली लोक संगितको क्षेत्रमा चर्चित एवं महंगी गायिका बिष्णु माझी गुमनाम बनेको र बन्धक बनाएर राखिएको भन्ने समाचार प्रकासन भएपछि बिष्णु माझीको खोजीका लागि स्याङजा प्रशासनले चासो राख्यो । उनको खोजीका लागि प्रहरीले पनि तदारुक्ता देखायो । फलस्वरुप गायिका बिष्णु माझी जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उपस्थिती भएकीछिन् । कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार आइतबार करिब ११ बजे उनी श्रीमान सुन्दरमणि अधिकारीसंग आएकी थिईन् । गाढा रातो रङ्गको लामो लुङ्गीमाथि कालो रंगको ओभर कोट लगाएकी, पुरै टाउको छोप्ने गरी कालो पछ्यौरा बेरेको, कालै माक्स लगाएर उनी प्रहरी कार्यलय आएकी थिईन् ।
एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए। शो समय बिष्णुका माईती पक्ष पनि आएका थिए । बताईए अनुसार बिष्णु र माईती पक्षबीच ११ बर्षपछि भेट भएको हो । बिष्णु ,सुन्दरमणि र बिष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए। सुन्दरमणिसँगै बसेका बिष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिने गरेको बताइएको छ।
प्रहरीसंगको कुराकानीमा सुन्दरमणिले अन्तरजातिय बिवाह गरेको कारण छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताए एसपी लम्साल भने । स्टेज कार्यक्रमहरुमा पनि बिष्णुलाई मात्र लान खोज्ने र आफुलाई लान नखोजेपछि देश तथा बिदेशको कार्यक्रममा बिष्णु नगएको सुन्दरमणिले बताएका छ । बिष्णु लेख्न, पढ्न राम्रोसंग नजान्ने ,बाहिर फेस गर्न नसक्ने भएपछि बिष्णुसंगै आफु पनि जान खोजेको तर आयोजकले लान नमानेपछि यस्ता कार्यक्रमहरुमा बिष्णु नजाने गरेको सुन्दरमणिको भनाइ उद्धृत गर्दै एसपी लम्सालले भने बिष्णुले पनि धेरै पढेलेखेको नहुनले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्।