भारतबाट आयात हुने ८६ प्रकारका औषधिको आयात रोकिँदै

admin

काठमाडौँ,पुस २३ : सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याएको छ ।

औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागमा सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू