डडेल्धुरा, पौष २: डडेल्धुरा सदरमुकाममा फेरी गएराती भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालीका ५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराती १२ः३० बजे आगलागी हुदाँ ९ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।गएरातीको आगलागी सहित ४ पटक भएको आगलागीले ब्यपारी संसकीत भएको बेला आगो लगाउने एक जना डडेल्धुरा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिएका छन् ।
पक्राउ परेका ब्यक्तिको नाम ठेगाना प्रहरीले नखुलाए पनी आगलागी पिडीतको आफन्त नै रहेको बताएको छ । उनले आगो लगाएको प्रहरी सामु स्वकार गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए । आगलागी करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।
सधैजसो आगलागीका घटना हुँनु रहस्यमय भएको स्थानीय व्यापारीहरुले भनाई छ । उच्च सुरक्षा सतरकता अपनाउन व्यापारीहरुले माग गरेका छन् । गत हप्ता मात्र डडेल्धुरामा लगातार ३ पटक आगलागीमा ५ जलेर नष्ट हुदाँ करिब ८७ लाख बराबरको क्षतिको थियो । दुई हप्तामा डडेल्धुरामा १४ पसल जलेर नष्ट भएका छन् ।