सुनको मूल्य यथावत, चाँदीको बढ्यो

मनिषा थापा

काठमाडौं : आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन भने चाँदीको मूल्य भने तोलामा पाँच रुपैंयाले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैंयामा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ७६० रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिक्रिया