दामन र सिमभञ्ज्याङमा हिमपात शुरु

मनिषा थापा

आज बिहानदेखि नै दामन र सिम भञ्ज्याङमा हिमपात भएको छ। पहिला पनि यस भेगमा हिमपात हुने बित्तिकै काठमाडौंसहित हेटौंडा, चितवन तथा वीरगन्जदेखि आन्तरिक पर्यटकहरुको अत्याधिक भीड हुने गरेको थियो।

यसपाली पनि हिउँ परेपछि आन्तरिक पर्यटक अत्याधिक हुने अपेक्षा गरिएको छ। हिउँका कारण आन्तरिक पर्यटकमा वृद्धि भए पनि अत्याधिक चिसोको कारण त्यहाँको जनजीवन प्रभावित भएको छ।

हिउ परे पनि अहिलेसम्म यातायात अबरूद्ध नभएको जिल्ला ट्राफिक कार्यलय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया