रवि जी तपाई हतारमा गल्ति गर्दै हुनुहुन्छ, रवि लामिछानेलाई आयो यस्तो खुल्ला पत्र… (भिडियो)

मनिषा थापा

पिएनपिखबर  : सर्वप्रथम त म रवि लामिछानेको बिरोधि होइन यसको मतलब म उनको अनुयायी पनि होइन कसैको आग्रह या पुर्वाग्रहामा पनि यो लेखेको होइन। पछिल्ला दिनहरुमा जसरी रवि लामिछाने र उनकी पुर्व पत्नी इसा लामिछाने बीच सामाजिक संजाल तथा संचार माद्यमहरुमा चलिरहेको दोहोरी बारे यी मेरा नितान्त व्यक्तिगत विचारहरु हुन्।

रवि लामिछाने तथा इसा लामिछानेको फेसबुक स्ट्याटस पढेर लाखौ लाख भ्युज बटुल्न यो भिडियो बनाएको पनि होइन। तर केहि समयदेखि चलिरहेको यो फोहोरी दोहोरी बारे केहि भनाइहरु राख्न हृदयदेखि मन लागेको हुँदा यो भिडियो बनाएको हु।

माफ गर्नुहोला तर रवि जी तपाइँ हत्तारमा गल्ति गर्दै हुनुहुन्छ जुन पिडा तपाइले २५ बर्ष देखि भोग्नु भयो त्यो पिडा म पनि विगत ५ बर्षदेखी भोगिरहेछु विदेशी माटोमा जति पसिना तपाइले बगाउनु भयो त्यति नै पसिना मैले पनि बगाएको हुँदा तपाईका हरेक दुख मलाई कता-कता आफ्नै जिन्दगीसंग मेल खाए जस्तो लाग्छ।

रवि जी तपाइँ हत्तारमा गल्ति गर्दै हुनुहुन्छ

जुन दिन तपाइले आफ्नो पुर्व पत्नी बारे आफ्ना मनका भावनाहरु सामाजिक संजालमा छताछुल्ल पार्नु भयो त्यो नै तपाइको पहिलो गल्ति थियो। मलाई पाईलै पिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ। लामो समय सम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछी कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिलापनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा।

तपाइको यो भनाइ नै पूर्ण रुपमा गलत छ। म यो भन्दिन कि तपाईका केहि दुश्मनहरु छैनन् भनेर तर जसरी तपाइले लेख्नु भएको छ कि मेरो बैवाहिक सम्बन्धलाई लिएर ठुलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवन बारे लेख्न बाध्य भएको छु। त्यसमा सत प्रतिशत तपाइँ गलत हुनुहुन्छ यसमा तपाईका सत्रुहरु तपाइको जीवन बारे खोजि गर्दै लागि परेका होइनन तपाईका आफन्तहरुनै तपाइको बारेमा अफवाह फैलाउन लागिपरेका हुन्।

तपाइको यो स्ट्याटस आउनु भन्दा केहि मिनेट अघि मात्रै मेरो फोनमा पनि एउटा मेसेज आएको थियो। रबि लामिछाने दोस्रो बिवाह गर्दै पुर्व पत्नी हाम्रो सम्पर्कमा तर यति हुँदैहुँदै पनि तपाइको व्यक्तिगत जीवन बारे रिपोर्टिंग गर्न वा समाचार बनाउन खासै जरुरि ठानेनौ किनकि यो सबै व्यक्तिको जीवनमा घट्ने स्वभाविक घटना क्रमहरु नै हुन् चोर खुटा काट भन्दा डराएर खुट्टा निकाले जस्तै तपाइले नै यी सबै कुराहरु सामाजिक संजालमा छता छुल्ल पार्नु भयो र देशका साना ठुला सबै मिडियामा यो कुरा भाइरल भयो।

सम्पूर्ण पत्रकारिता जगतलाई नै माथि उचाल्न सक्ने रबि लामिछाने यो पूर्वाग्रह राखी भ्रममा किन पर्नुहुन्छ कि यो देशका पत्रकारहरुनै तपाईका दुश्मन हुन भनेर तर वास्तबमा दुश्मन पत्रकार हरु होइनन तपाइका अन्धभक्त अनुयायीहरुनै हुन् जसले तपाइँ बाहेक अरु कसैलाई पत्रकार नै देख्दैनन। हरेक पत्रकार आफ्नो आफ्नो कार्य क्षेत्र र कार्य शैली हुन्छ तर सबै जना रबि लामिछाने बन्न सक्दैनन् र बन्नु पनि हुँदैन।

सबैले आ-आफ्नो क्षेत्रमा दिएको योगदानले नै सम्पूर्ण पत्राकरिता जगत टिकिरहेको छ। यदि रबि लामिछाने मात्र पत्रकार हुने र अरु सबै पत्रकारले कलम बन्द गर्ने हो भने के हुन्छ देशको स्थिति त्यो तपाईका अन्धभक्त अनुयायीहरुले विचार गर्नुपर्ने कुरा हो।

हिजो मात्रै देशकै प्रतिष्ठित अनलाइन पत्रिका अनलाइनखबरमा ‘रविलाई चौथो विवाहको लागी शुभकामना’ शिर्षकमा तपाइको पुर्व पत्नीले लेखेको खुलापत्र प्राकाशीत् भएपछि तपाइले पनि आफ्नो फेसबुक वालमा आफ्नो पुर्वपत्नी र उनको प्रेमीको फोटो सहितको गोप्य कुराकानी सार्वजनिक गर्नुभयो। रबि जी तपाइँ हत्तारमा या हत्तासमा गल्ति गर्दै हुनहुन्छ यो तपाइको दोस्रो गल्ति थियो। न्याय मुर्तिका रुपमा स्थापित भएको तपाइको छबि धमिलाउन तपाई आफै लागि पर्नु भएको छ। के हुन्थ्यो यदि तपाई मौन बस्दिनु भएको भए। बिगत बिगतनै हो त्यहाँ गल्ति नै भएको भए पनि बितेका कुरा बितिसके चाहे गल्ति जो सुकै को होस् तर तपाइँ जस्तो सम्मानित मान्छेले अरुको गोप्य कुराकानी यसरी सार्वजनिक गर्न तपाइ जस्तो व्यक्तिको छविले दिन्छ र ?

अहिले आएर तपाइले त्यो गोप्य कुराकानी हटाइसक्नु भएको छ। तर यसरी हत्तारमा या हतासमा आवेगमा आएर गल्ति गरेर पछि पछुताउनु भन्दा मौन बस्दा के नै हुन्थ्यो र मौनतामा जति बिद्रोहको आवास हुन्छ त्यति यो फोहोरी दोहोरिमा नहोला कि एकचोटी गम्भीर भएर सोच्न बिनम्र अनुरोध गर्दछु रबि जी तपाइँ हत्तारमा गल्ति गर्दै हुनुहुन्छ।

 

प्रतिक्रिया