रातो मछिन्द्रनाथ जात्राका लागि वेत भारतबाट

admin

ललितपुर, २३ पुस : रातो मछिन्द्रनाथको जात्राका लागि आवश्यक पर्ने वेत स्वदेशमा नपाइने हुँदा भारतबाट ल्याउनुपर्ने वाध्यता रहेको छ ।जात्राका लागि आवश्यक सामग्री जुटाउँदा सबैभन्दा गाह्रो महावेत ल्याउन हुने गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । भारतको आसामबाट महावेत ल्याइने गरिएको प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । बाँसको आयात–निर्यात गर्न नपाइने हुँदा भन्सारबाट ल्याउन सजिलो नभएको कार्यालयले जनाएको छ ।

जात्राका लागि वेत ल्याउन पाँच वर्षका लागि ठेक्का सम्झौता भइसकेको छ । उहाँले भन्नुभयो, “हामीलाई कुन वर्ष कति वेत चाहिन्छ भन्ने अनुमान गरेर भन्छौँ र ठेकेदारले ल्याउने गरेको छ ।” पहिलेपहिले डोरी पाउन कठिन भएपनि अहिले नेपालमा नै सहज रुपमा पाइने गरेको छ । जात्राका लागि काठ, वेत र डोरी चाहिने संस्थानले जनाएको छ । सहकालका देवता मानिने मछिन्द्रनाथको जात्रा उपत्यकाको सबैभन्दा लामो जात्रा हो । छ महीनासम्म चल्ने जात्राको तयारीमा कार्यालय वर्षभरी खटिने गर्दछ ।
-रासस

प्रतिक्रिया