घाँटीमा गुट्खा अड्किएर ३५ वर्षीय पुरुषको मृत्यु

रिता घिसिंग

पौष २४, विराटनगर : मोरङमा एक पुरुषको घाँटीमा गुट्खा अड्किएर मृत्यु भएको छ। मृत्यु नहुनेमा मोरङको सुन्दरहरैंचा नगरपालिका- ३ गछियाका ३५ वर्षीय शर्मानन्द तिम्सिना हुन् । गुट्खा खाने क्रममा सोमबार साँझ ७ बजे घाँटीमा अड्किएर तिम्सिना घाइते भएका थिए।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाँटीमा गुट्खा अड्किएर श्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। उपचारकै क्रममा तिम्सिनाको राति ८ बजे मृत्यु भएको श्रेष्ठले बताए।

प्रतिक्रिया