मध्यरातमा नायिका आशिका भेटिइन यस्तो अवस्थामा, कठ्यांग्रिदो जाडोमा हेर्नुहोस सडकमानवको दुर्दशा

मनिषा थापा

पिएनपिखबर : मानव समाज कल्याण र पिएनपिमिडियाको सहकार्यमा सडकमा रात बिताउन बाध्य व्यक्तिहरुको उद्दारका लागि एक टोली बनेर पुगेको थियो। उक्त टोली बेसहारा व्यक्तिहरुको अध्ययन गर्ने भक्तपुरको पाँचतल्ले मन्दिर, सिद्धपोखरी, काठमाडौँको न्युरोड, बसन्तपुर, माहाँबौद्ध, भद्रकाली आदि क्षेत्र पुगेको थियो। यस कार्यमा नायिका तथा चलचित्र सुश्रीकी निर्माता आशिका तामाङ पनि जोडिएकी थिइन्। उनी समाजसेवामा लाग्न मन भएको कारण मानब कल्याण समाजसँगको सहकार्यमा लागेको बताइन।

उक्त टोलीले अवलोकन गर्दा सडकमा केहि बेसाहारा मानिसहरुको अबस्था बुझी आश्रम लान पहल गरियो तर उनीहरु मानेनन्। उनीहरु आउन नमाने पनि टोलीले रोटी, चिया खुवाउने देखि प्रेसरसम्म चेक गरियो।

सो क्रममा सडकमा रहेकामध्ये बेसहारा तथा असहाय व्यक्तिहरुमा एक जनालाई राति नै उद्दार गरियो। काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा आश्रमले काठमाडौँमा असहायहरूलाई सेवा दिँदै आएको छ।

अध्ययनका क्रममा सडकमा रहेका मध्ये दिनभर भारी बोक्ने, प्लास्टिक टिप्ने र श्रम गर्ने तथा माग्ने पेशा बनाई बसेकाहरू बढी भेटिएको आश्रमका अध्यक्ष सुमित्रा चौलागाईले बताइन।

दिनभर श्रम गरेर राति नशा र लागुऔषधका कारण लठ्ठिएर सडकमा हिँड्नेहरू सामाजिक सुरक्षाको हिसाबले समेत चुनौती बन्दै गइरहेको अध्ययनमा पाइएको छ। सडकमा मागेरसमेत खान नसक्ने असहाय तथा मनोरोगीको उद्धार गरी उपचार र परामर्श सेवा दिँदै परिवारको पहिचान गरेर मानव समाज कल्याणले पुनःस्थापनको काम गर्दै आएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू