मध्यरातमा काठमाडौँको सडकको दर्दनाक कथा, उद्दार गर्न लागि परेका यी हातहरु (भिडियो)

मनिषा थापा

पिएनपिखबर : एकातिर देशका प्रधामन्त्री विकास र समृद्धिको सपाना बाडिरहेका छन् भने अर्कातिर राजधानीकै मुटु काठमाडौँमा हजारौ यस्ता सडक मानबहरु छन् जो बर्षौ देखि एक छाक तातो खाना खान पनि नपाएर यो चिसो रातमा काप्दै-काप्दै सडक पेटिमै रात बिताउन बाध्य छन्।

मनो रोगि अपांङ्ग तथा असाहय यस्ता सडक मानव हरुको बारेमा सरकार बेखबर भने पक्कै छैन। सरकारी संयन्त्रहरुकै अगाडी यस्ता सडक मानवहरु बेवारिसे जीवन बाचिरहेका छन्। सुन्दा अचम्म लाग्न सक्छ । आधुनीकता र सम्पन्नताले ढपक्कै ढाके जस्तो लाग्ने राजधानीले आफ्नो सडकको किनारामा भोकै र नाङ्गै तड्पिनेहरुलाई पनि आफ्नो छातीमा यसरी टासेर राखेको छ ।

सामाजिक सद्भाव र सहयोगमा लागिरहेने हामी आज एउटा बिल्कुलै फरक भिडियो लिएर तपाईहरु समक्ष प्रस्तुत भएका छौ। यो भिडियो फरक यस कारणले पनि छ की आज हामी तपाइँहरुकै कमेन्ट अनुसरण गर्दै हमी सम्पूर्ण पिएनपि खबर डटकमको टिम बर्षौ देखि एक छाक तातो खाना खान पनि नपाएर यो चिसो रातमा काप्दै काप्दै सडक पेटिमै रात बिताउन बाध्य सडक मानवहरुको रात्रीकालिन सेवामा खटेका छौ।

मानव कल्याण समाज भक्तपुरको सहकार्यमा चलचित्र क्षेत्रकी नायिका आशिका तामाङ र पिएनपि खबर डटकमको हाम्रो टिम सयुक्त रुपमा आफै केहि खानेकुराहरु र चिया बनाएर यो रातमा उनीहरुसंग दुख सुखका कुरा गर्न आइपुगेका छौ। भक्तपुर र काठमाडौँका बिभिन्न सडक पेटीहरु अवलोकन गर्दै आश्रममा गएर आश्रय लिन चाहनेहरुलाई आफ्नै गाडीमा राखी उद्दारसम्म गर्न हामी खटिएका छौ।

यस्ता सडकमानवहरु जो मागेर पनि खान सक्दैनन, जसको कोहि छैन र जसको केहि छैन वहाहरुकै उद्घार र सेवामा तल्लीन मानव कल्याण समाज, चलचित्र क्षेत्रकी नायिका आशिका तामांग र पिएनपि खबर डटकमको हाम्रो टिम सयुक्त रुपमा यस्ता सडक जीवनयनपन गर्ने मानवहरुको रात्रीकालीन अध्ययन अवलोकन र सडकमै गएर सेवा पनि गरेका छौ ।

मानिस सम्पत्तीको होईन प्रेमको भोको छ । कोहि घर परिवार बिहिन भएर र कोहि आफन्तबाटै अपहेलित भएर सडकमा नारकिय जीवन विताउन बाध्य छन् । कति सडक महिलाहरु दिनदिनै जसो बलात्कृत समेत भएका छन् भने कति सडक मानवहरु सहयोगको आशामा सडकमै तड्पिरहेका छन् ।

सम्वन्धित निकायहरु मस्तले सुतिरहेको बेलामा हामी मानावीय हृदय भएका सेवा गर्ने हातहरुको साथमा यो चिसो रातमा निन्द्रा र भोक नभनी यो महान कर्यामा सहकार्य गर्न पाउँदा धेरै नै खुसी छौ। सेवा गर्ने यी हातहरु कहिल्यै नाथाकुन यो हाम्रो शुभेक्षा छ। यो महान कर्यामा हामी निरन्तर लागीरहने छौ। एक छाक तातो खान नपाएका र सडक पेटीमै बोराको ओछ्यान लगाएर सुतेका यी सडक मानवहरु पनि कसैको आमा-बुवा, दाजु-भाइ र दिदि-बहिनि होलान।

त्यसैले सडकमा बेवारिसे अवस्थामा छाडेर मर्न दिनु हामी मानव हुनुको कर्तव्य कदावी होइन। तपाइँहरु पनि यदि यो महान कार्यमा सामेल हुन् चाहनुहुन्छ भने मानव कल्याण समाज तथा पिएनपि खबर डटकमको टिमलाई सिधा सम्पर्क गर्नुहोला। हामी हातमा हात जोडेर लागेउ भने असम्भब के नै होला र।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया