नमोबुद्धमा चैत्य पुन निमाण हुदै

admin

काभ्रे, २४ पुस : नेपाल सरकार सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पुरातत्व विभाग मार्फत विनासकारी भुकम्प पश्चात पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम अन्र्तगत तथा नियमित कार्यक्रमको क्रममा अधिराज्य भर विभिन्न मठ, मन्दिर, चैत्य, गुम्बा, का साथै पाटि पौवा को संरक्षण पुन निमार्ण तथा जिणोद्धारा कार्यक्रम निरन्तर रहेको छ । यसै कार्यक्रमको क्रममा पुरातव्व विभाग मार्फत काभ्रेको विभिन्न स्थाियन तहमा ६५ स्थानमा काम भईरहेको जानकारी पुरातव्व विभागको अनुसन्धान अधिकृत मोहन सिंह लामाले जानकारी गराउनु भयो ।

यस कार्यक्रम अन्र्तगत विभिन्न काम मध्ये नमोबुद्ध नगरपालिकाको बोद्ध तिर्थस्थल नमोबुद्ध चैत्र पनि कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्र्तगत लिलाबज्र लामा तथा लिला लामा को श्री धर्म एस निर्माण सेवा प्रा.लि डराउने पोखरी काभ्रेको ठेक्कामा नमोबद्ध लगायत परिसर संरक्षण गर्ने कार्य ठेक्का रहक भ्याट सहित ७४४७७८३.३४ को लगानीमा निमार्ण कार्य जारी रहेको छ । यस निमार्ण कार्य चलि रहदा स्थानिय नागरिक, जनप्रतिनिधि, प्राविधिक सहित ट्रान्सपरेन्सि ईन्टरनेशनलको संयुक्त अवलोकन कार्यक्रम अंतरगत छलफल कार्यक्रम निमार्ण स्थल नमोबुद्ध गुम्बा मा छलफल सहित अन्तर क्रिया कार्यक्रम संपन्न भयो यस क्रममा निमार्ण व्यवसयि तथा प्राविधिक संग पादर्शि र जवाफदेहिताको सम्बन्धमा पछि छलफल गरियो ।

कार्यक्रमको क्रममा निमार्णको कार्य तिब्र गतिको साथै गुणस्तरीय रुपमा भईरहेको भएतापनि स्थानिय नागरिक पुजारी गुम्बा व्यवस्थापन समिति संगको सम्बन्ध प्रभावकारी र समन्यव विकास गर्नु पर्ने देखिन्छ । हरेक सार्वजनिक तथा सेवा प्रदायक निकायले कुनैपनि सार्वजनिक कार्य गर्ने क्रममा सार्वजनिक सुनुवाई, सामाजिक लेखापरिक्षण तथा सार्वजनिक लेखा परिक्षण गर्नुपर्ने भएतापनि सरकारी निकायको र पुरातव्व विभागको काममा कुनैपनि जानकारी तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहनु नपर्ने कुरा पुरातत्व विभागका अनुसन्धान अधिकृत मोहन सिंह लामाले छलफलको क्रममा बताए ।

छलफलकै क्रममा स्थानिय नागरिकको सकृयता, समन्वय, तथा सहकार्य सहित सहभागितामा गर्रनु पर्ने पुननिर्माण, संरक्षण तथा सम्बर्दनको विषयमा नमोबुद्ध संरक्षण गुठि अध्यक्ष लोप्साङ्ग लामा तथा नमोबद्ध ध्याङ्ग गुठिका अध्यक्ष सोनाम ग्याल्बो लामा जनकार नरहेको र निमार्ण कार्यमा बैठक तथा छलफलको चै खासै नभएको बताउछन । समग्रमा निमार्ण कार्य केहि महिना भित्रमा सम्पन्न गरि नमोबद्ध गुठि सस्थानलाई हस्तान्तरण गर्ने गरि लागेको प्राविधिक तथा निमार्ण पक्षले बताएको छ ।

प्रतिक्रिया