अमेरिकी डलरको भाउ बढ्यो

शर्मिला गुरुङ

काठमाडौँ, २५ पुस : आज बुधबार नेपाली बजारमा अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १२ रुपैयाँ ३ पैसा छ भने विक्रिदर मूल्य १ सय १२ रुपैयाँ ६३ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ २० पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ३५ पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४२ रुपैयाँ ८९पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ६५ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ३ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ७७ पैसा छ भने विक्रिदर ३० रुपैयाँ ९३ पैसा रहेको छ।

प्रतिक्रिया