बहुचर्चित च्यानल PewDiePie र T-Series बीच युट्युबको दुनियाँमा प्रतिष्ठाको युद्ध

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर  : आरामको जीबन पाउनको लागि जिन्दगी भरि मेहनत गर्नु पर्छ । तर कतिपय मानिसको काम यस्तो हुन्छ कि धेरै वर्ष काम गर्दा पनि बचतको नाममा केहि बच्दैन । आज हामी तपाइलाई बताउन गैरहेका छौ जसद्वारा मानिस केहि समयमा नै करोडपति बन्न सक्छ। जो करोडपति बनेर विश्व मै छाए । आज हामी उनीहरु बीच चलेको लडाईको बारेमा बताउन जादैछौ।

विश्व कै सबैभन्दा ठुलो यूट्यूबर पिउडीपाई र भारतको सबैभन्दा ठुलो म्युजिक कम्पनी टि सिरिजबीच एक अलग युद्ध चलिरहेको छ। यो युद्ध युट्युबमा शिर्ष स्थान हासिल गर्नको लागि हो। हजुर यस समय भारितीय म्युजिक कम्पनी टी सीरिज सब्सक्राइबर्सको मामलामा दोस्रो स्थानमा पुगेको छ। जसकारण यी बहुचर्चित च्यानलबीच करिब ४ लाखको अन्तर हुन् पुग्यो ।

सबैभन्दा पहिला हामी तपाईहरुलाई जानकारी गराउन चाहन्छौ कि टी-सीरीज़ यस समय भारतको सबैभन्दा ठुलो म्युजिक कम्पनी हो। जसको शुरुवात भुषण कुमारले गरेका हुन्। आज यस म्युजिक कम्पनी आफ्नो युटुबबाट ७ अरब रुपैया भन्दा बढी कमाउदै आएको छ।

त्यस्तै विश्व कै नम्वर १ मा रहेको पिउडीपाईको कुरा गर्ने हो भने यो टी-सीरीज़ जस्तो कम्पनी हुन। पिउडीपाईलाई प्रतिपादन गर्ने एक यू-ट्यूबर हुन्। यू-ट्यूबर अर्ताथ जसको आम्दानीको मुख्य स्रोत भनेको यू-ट्यूब भिडियो बनाएर गूगलबाट पैसा कमाउनु हो। स्वीडनका यी नामी यू-ट्यूबरको नाम हो फेलिक्स जेलबर्ग। बाल्यकाल देखि नै उनी भिडियो गेमजस्ता गेमको शोखिन थिए। उनको आमा पनि कम्प्यूटर सम्बन्धित काम गर्थिन। उनले पछि आफैले यूट्यूब च्यानल बनाए। जसको नाम पिउडी या पिउडाई राखे। (PewDie) जसमा Pew को मतलब लेज़र बाला बंदूकको आवाज़ र Die को अर्थ मृत्यु हामीसबैलाई थाहाँ नै छ। गेमिंगबाट शुरू भएको PewDie नामक च्यानल आज कुनै पनि खबर तथा नयाँ कंट्रोवर्सीमाथि आफ्नो राय विचार राख्ने गर्दै आएको छ। जसले बढी चाख लाग्दो शैलीमा व्यंग प्रहार गर्दछ। कयौ भिडियोहरुमा भारतवासीको अंग्रेजी र उनीहरुले गरेको कम्नेटको खिल्ली उडाएको पाइन्छ ।

हालै भारतमा एक गीत आएको थियो – बिच लसांगा। जसमा टी-सीरीज़लाई पिउडीपाईद्वारा पोक गरियो। पछिलो केहि भिडियोलाई हेर्दा पनि अनुमान गर्न सकिन्छ कि आजभोलि पिउडीपाईको सारा ध्यान टी-सीरीज़तर्फ बढी रहेको सब्सक्राइबर्समा परेको छ। यी सारा कंटेंट तपाई यू-ट्यूबमा सर्च गर्न सक्नु हुनेछ।

सबैले अनुमान गरेका थिए कि अक्टूबरसम्ममा टी-सीरीज़ले पिउडीपाईलाई मात दिनेछ जुन सही पनि साबित भयो। तर केहि समयको लागि मात्र। केहि समयपछि फेरी विश्वभर एक क्याम्पियन चल्यो र बाँकी यू-ट्यूबर्सको सपोर्टका कारण एकै दिनमा कयौ सब्सक्राइबर्स पिउडीपाई च्यानलसंग जोडियो जसले घाटा टी-सीरीज़लाई लाग्यो र नम्बर वानबाट पछि हट्न बाध्य भयो।

पिउडीपाई नंबर वानमा रहनको लागि निकै मेहेनत गरिरहेको छ। जहां एकतर्फ भारतीय नागरिकको बेईज्ज़त गर्नको लागि नचुकेको आरोप भारतको छ। अर्को तर्फ कयौ यू-ट्यूबर्सको साथ साँठ गाँठ गरेर एकै दिनमा पिउडीपाईले आफ्नो सब्सक्राइबर्स लाखौको संख्यामा बनाउने गर्दछ।

पिउडीपाईको समर्थकहरुको गीन्तिमा केहि यस्ता पनि छन् जो संसारभारको प्रिंटर्सलाई ह्याक गरेर पिउडीपाईलाई सब्सक्राइब गर्न म्यासेज प्रिंट गर्ने गर्छन त कोहि फ्यानले यू-ट्यूबमा नै दस हज़ारपटक लगातार पिउडीपाईको जप गर्ने गर्छन। पिउडीपाईका एक फ्यानले त सबैको सपोर्ट पाउन शहरमा पिउडीपाईको एक ठुलो बोर्ड नै लगाएका छन्।

यू-ट्यूब सब्सक्राईबर्सलाई लिएर एकअर्काबीच चलेको युद्ध ‘मनोवैज्ञानिक जीत’ पाउनको लागि मात्र नभएर सामाजिक संजालको अर्थशास्त्रसंग जोडिएको छ। कुनै पनि यू-ट्यूब च्यानलको कमाई त्य्सबाट मिल्ने भियुजबाट हुने गर्छ। र जति धेरै च्यानलको सब्सक्राइबर हुन्छन भ्युज पनि उतिनै ज्यादा हुन्छ। यसकै लागि तपाईले देख्नुहुन्छ कि हरेक यू-ट्यूबर आफ्नो भिडियोको अन्त्य या बीचमा च्यानललाई सब्सक्राइबर गर्नको लागि अपिल गर्ने गर्छन।

यता पिउडीपाईले पनि भारतको मार्केटमा आफ्नो हात राख्नको लागि केहि कार्य शुरु गरेको छ। प्राय भारतीयको मजाक उडाएर भ्युज बढाउने पिउडीपाईले आफ्नो फ्यानलाई भारत र भारतीय नागरिकको बारेमा दुष्प्रचार नगर्न अनुरोध गरेको छ र आफ्नो सबैभन्दा लेटेस्ट भिडियोमा भारतको एक एनजीओ ‘क्राई’ जो बालबालिकाको लागि काम गर्छ। उक्त फंडका लागि रकम जम्मा गर्नेको लागि सुचना जारी गरेर मन जितेको थियो।

तर जे भएपनि पछिल्लो पांच वर्ष देखि युट्युबका राजा पिउडीपाईको सत्ता भारतको टिसिरिजको कारण थोरै डगमगाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू