एक्कासी अमेरिका उडे अनमोल, भन्छन्,”फिल्म छोडेँ मैले अब प्रदीप र पलले गरे हुन्छ”

शर्मिला गुरुङ

काठमाडौँ, २५ पुस : नेपाली युवा स्टार अनमोल केसी अमेरिका प्रस्थान गरेका छन् । नेपालमा ‘ब्याचलर बन्टी’ चलचित्र छाडेको चर्चा सेलाउन नपाउँदै उनी मङ्गलवार राती २ बजेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेका हुन् ।

उनी आफ्नो आउँदो चलचित्र ‘ए मेरो हजुर ३’को एक गीतको सुटिङका लागी अमेरिका लागेका हुन् । अनमोलले ‘ब्याचलर बन्टी’ चलचित्रको विषयमा बोल्दै एअरपोर्टमै भने ‘हो मैले अहिले चलचित्र गर्दिन भनेकी हो ।’

साथै उनलाई सञ्चारकर्मीहरूले तपाईँको ठाउँमा कसले गर्दा हुन्छ त कुनै सल्लाह भन्दा अहिले बजारमा चलेका प्रदीप, पल, सलिनमान जसले गर्दानि हुन्छ भन्दै उत्तर दिए । साथै उनले नायिका सारा सिर्पालीसँगको प्रेम चर्चा मात्र चर्चामै सीमित रहेको बताए ।

थप कुराकानी भिडियोमा हर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू