भक्तपुरमा घरको छतबाट खसेर एकको मृत्यु

admin

भक्तपुर, २६ पुस : सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर आज मृत्यु भएको छ । छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्त रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी चाँगुनारायण नगरपालिका–९ ताथली नाला जाने सडकको छेउमा भोजपुर साल्पासिलिछो गाउँपालिका दोभाने घर भई हाल बिएम इँट्टाभट्टा सुडालमा काम गर्ने ३४ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।

अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसनधानबाट खुलेको जानकारी दिँदै उहाँले अनुसन्धान शुरु गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया