काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना दिएका छन् । पृथ्वीनारायण शाहको दृव्योपदेश वर्तमान अस्वस्थामा सान्दर्भिक रहेको भन्दै ज्ञानेन्द्रले देश यतिबेला सकसपूर्ण अवस्थामा रहेको बताएका छन् ।
उनले एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने भन्दै नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पू¥याउने, अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुदैन भन्ने मान्यता रहेको बताएका छन् ।
उनले दिएको शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपाली राष्ट्रिय एकताका प्रवर्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा म समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शूभकामना व्यक्त गर्दछु ।’ एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निमार्णमा बलिदान गर्ने तमाम वीर वीरंगना एवं सपुतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौ र भुल्नु हुदैन पनि ।
‘भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कष्टपूर्ण अवस्थाबाट गुज्रदैंछ यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराई रहेको छ । नेपाल “चार वर्ण छत्तीस जातको फुलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया” भन्ने दिव्य उपदेशको मर्म अनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल मडारिएको छ।’, ‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौं । जय नेपाल ।’