अरु धर्मले अरबौ लुटेर लग्दा पनि चुप हुने भन्दै बमजनको सिन्धुली आश्रममा गर्जिए मणि लामा

मनिषा थापा

पिएनपिखबर : ‘तपस्वी’को रुपमा चर्चा कमाएका राम बहादुर बम्जन अहिले नराम्री बिवादमा मुछिएका छन । उनलाइ उनकै अनुयायीहरूकाे बलात्कार, बेपत्ता पार्ने जस्ता अभियाेग लाग्दै आएको छ। अहिले समाचार माध्यम, प्रहरी र जनताको नजर बमजन र उनी बस्ने आश्रमतर्फ बढिरहेको छ। यस विवादको जरासम्म पुग्नको लागि निरन्तर मिडियाहरु पनि लागि परिरहेका छन्।

हालै बमजनसँग जोडिएका धेरै कुराहरु मिडियामार्फत एक पछि अर्को गर्दै आइरहेको छ। शंकाको घेरामा रहेको बम्जनको आश्रममा केहि दिन अघि प्रहरीले छापा मारेको थियो। प्रहरीले संचालाल वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो।

बोधी श्रवण धर्म संघले आफ्ना गुरु रामबहादुर बम्जनमाथि लगाइएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको आश्रमका अध्यक्ष मणि लामाले विभिन्न कार्यक्रम आयोजना गरी बताउदै आएका छन्। उनले अन्तर्वार्ताहरुमा मिडियाले गलत प्रचार गरेको दावी समेत गरेका छन्। बम्जनलाई एक भगवानको स्वरूप मान्ने उनी अहिले सिन्दुली आश्रममा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्।

अहिले सिन्दुलीमा बमजनको ३ दिन दिने विशाल प्रदशन चलिरहेको छ। उनकै स्वामित्वमा एक कार्यक्रम आयोजना गरी उनले बमजनका बारेमा आएका हरेक आरोपहरु गलत भएको बताएका छन्। उनले आश्रममा हुने गतिविधिमा कुनै खोट नभएको दर्शाए। आश्रम नजिक प्रहरीले फेला पारेको नुन पनि बमजनलाई फसाउनको लागि राखिएको उनको भनाई छ।

उनले कार्यक्रमा सरकारले अनुसन्धान गरेकोमा आफ्नो समर्थन रहेको र सरकारले सत्यकुरा पनि बाहिर ल्याउने बताए। उनले गुरुको विरुद्धमा कसैले उजुरी नगरेको कारण उनलाई पक्रिने कुरा पनि नआउने उनको भनाई छ। उनले भने, ”गुरुबाट कुनै अपराध भएको छैन। समस्या नै समस्या भएको विश्वमा बमजन र धर्मको गलत संदेश नजाओस र धार्मिक द्वोंद हुन् नदिन हामीहरु अतिनै संवेदनशील र जिम्मेदार भएर व्यवहार गरिरहेका छौ।”

प्रतिक्रिया

सम्बन्धित समाचारहरू