भूटानको संसदद्धारा द्धिपक्षीय हवाई सम्झौता अनुमोदन

admin

थिम्पू, ५ माघ (रासस÷ सिन्ह्वा) : भूटानको संसदले भूटान र संयुक्त अरब इमिरेट्सबीचको हवाई सम्झौता अनुमोदन गरेको छ । भूटानी संसदको जारी अधिवेशनबाट सो द्धिपक्षीय हवाई सम्झौता अनुमोदन भएको भूटानको राजधानी थिम्पूबाट प्राप्त समाचारमा जनाइएको छ ।

यी दुई देशबीचको सीधा हवाई उडानसम्बन्धी सम्झौता सन् २०१७ को फेब्रुअरीमा सम्पन्न भएको थियो । सो सम्झौताको अनुमोदन जारी संसदको बैठकबाट भएको बताइएको छ ।

भूटानका सूचना तथा सञ्चारमन्त्री कर्मा दोनेन् वाङ्दीले सो सम्झौतासम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव संसदले पारित गरेको बताइएको छ ।

सो सम्झौताको बारेमा संसदमा विभिन्न धारणा राखेका थिए । कतिपय सांसदले सो सम्झौताको बारेमा फरक मत पनि राखेका थिए ।

तर सञ्चारमन्त्री कर्मा दोनेन्ले भने सो सम्झौतापछि दुइ देशबीचको यात्राको समयावधि कटौती हुने धारणा राख्नुभएको थियो ।
उहाँले आफ्नो प्रस्तावको बारेमा संसदमा बोल्दै उक्त हवाई सम्झौताको अनुमोदन भएमा मध्यपूर्वी यस देश र भूटान आवतजावतका लागि प्रत्यक्ष यात्रा हुने र त्यो यात्रा सजिलो पनि हुने जानकारी दिनुभएको थियो ।

उहाँको सो मतपछि भूटानको संसदमा उक्त सम्झौता अनुमोदनका लागि मतदान भएको थियो । संसदमा भएको मतदानको भूटानको राष्ट्रिय टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू