पछिल्लो अपडेट : बमजनको यस्तो आलिशान घर र महँगो गाडी, सिन्धुली आश्रममा पुग्दा जे देखियो

मनिषा थापा

पिएनपिखबर : तपस्वी रामबहादुरू बम्जन अहिले नराम्री विवादमा मुछिएका छन । उनलाई उनकै अनुयायीहरूकाे बलात्कार, बेपत्ता पार्ने जस्ता अभियाेग लाग्दै आएको छ। मिडिया, प्रहरी र जनताको नजर बमजन र उनी बस्ने आश्रमतर्फ बढिरहेको छ। यस विवादको जरासम्म पुग्नको लागि निरन्तर मिडियाहरु पनि लागि परिरहेका छन्। हालै बमजनसँग जोडिएका धेरै कुराहरु मिडियामार्फत एक पछि अर्को गर्दै आइरहेको छ।

सिन्धुलीस्थित बमजनको आश्रममा पुग्दा हजारौको सङ्ख्यामा विभिन्न जिल्लाबाट मैत्री सघका प्रतिनिधिहरुको उपस्थिती देखिएको छ । गत विहिबार देखि मैत्री पुजाको निम्ति र गुरु बमजन माथी लागेको आरोप विरुद्ध गुरुको सुरक्षाको निम्ति हजारौं प्रतिनिधिहरु स्वस्फूर्त रुपमै पनि बमजनको विशाल शक्ति प्रदर्शन गरिएको छ।

बम्जनलाई एक भगवानको स्वरूप मान्ने उनका भक्तहरुले अहिले सिन्दुली आश्रममा विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन्। अनुयायीहरुले गुरुमाथि लागेको आरोप कलोकल्पित र भ्रामक हुन् भनेर बताइरहेका छन्।

सिन्धुली आश्रमको वरपर कुनै घर छैनन्। पहिला १३ ओटा घर भएको र हालसबै बसाईसराई गररे गएको बमजनका एक अनुयायीले बताए। उनको अनुसार त्यहाँ बस्ने पहिलाका स्थानीय वासिन्दाले बमजनलाई स्वइच्क्षा बचेको र कति भक्तले त जग्गा नै गुरुलाई चढाए। यति धेरै सम्पति भएर पनि एक सानो छाप्रोमा बसेको देख्दा भक्तहरुको मन रोएको कारण रकम संकलन गरेर ८७ लाखको बस्ने भवन बनाइदिएको मणि लामाको भनाई छ।

पैसा संकलन गरेर बमजनको निम्ति बनाइएको भनिएको घर आलिशान महलभन्दा कुनै कम छैन। उक्त आलिशान घर ठुलो कम्पाउण्डको बीचमा छ। कम्पाउण्डमा महँगो गाडी पार्किङ्ग गरिएको छ।  हेर्नुहोस बमजन बस्ने आलिशान महल भिडियोमा  :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू