अजय देवगनसँग बलिउड डेब्यू गर्दैछन् यी हलिउड स्टार…

मनिषा थापा

एजेन्सी : फिल्म ‘रेड’ पछि अजय देवगनको अर्को फिल्म ‘टोटल धमाल’ रिलिज हुने तयारीमा छ । अजय लामो समयदेखि यस फिल्मको शूटिङ गरिरहेका थिए । भर्खरै यस फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ । पोस्टरमा अजय निकै फरक लुकमा देखिएका छन् ।

फस्र्ट लुकमा अजय देवगनको साथमा हलिउड सेंसशनको नामले चर्चित जनावर क्रिस्टल पनि देखिएको छ । क्रिस्टललाई अजयको काँधमा बसेको देखिएको छ । अजयले आफ्नो त्यस्तो लुकलाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । फस्र्ट लुकसँगै अब चाढै ट्रेलर पनि रिलिज हुने बताइएको छ ।

हलिउड सेंसेशन एनिमल क्रिस्टलको यो बलिउडमा डब्यू फिल्म हो। फिल्म टोटल धमाल २२ फेब्रवरी २०१९ मा रिलिज हुनेछ । फिल्ममा अजय देवगन, अनिल कपुर, माधुरी दिक्षित, रितेश देशमुख, अरशद वारसी, जावेद जाफरी, संजय मिश्रा र पितोबाश भूमिकामा छन् ।

अजयसँग क्रिस्टलको यो तस्वीर अहिले निकै भाइरल भैरहेको छ । वास्तवमा क्रिस्टल एउटा बाँदर हो जुन ब्लकबस्टर फिल्म ‘हैंगओवर टु’, ‘जर्ज अफ द जंगल’ र ‘नाइट एट द म्यूजियम’ मा देखा परिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू