साताको पहिलो दिनमै व्हात्तै घट्यो सुनचाँदीको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, ६ माघ : आज साताको पहिलो दिन अर्थात आइबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो साता उकालो लागेको सुनको मूल्य यो साताको पहिलो दिनमै तोलामा २ सय रुपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला ६० हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया