पहाडमा ढुंगाले हिर्काएर गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्ने यो कस्तो अनौठो चलन

मनिषा थापा

एजेन्सी : सोनोग्राफी लगायतका आधुनिक विधिहरुको प्रयोग गरी गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्न सकिन्छ । तर यस्तो गाउँ छ जहा भ्रुणको लिंग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काउँछन् ।

भारत झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काएर गर्भमा रहेको भ्रुण लिंग पहिचान गर्ने चलन रहेको छ । चारसय वर्ष पहिले नागवंशी राजाहरुको शासनकालदेखि यो चलन चलिआएको हो । उक्त गाउँमा एउटा पहाड रहेको छ, जसले ४ सय वर्षदेखि गाउँलेहरुको भविष्यको सम्बन्धमा जानकारी दिइरहेको विश्वास गरिन्छ ।

मानिसहरुमा उक्त पहाडप्रति अटूट विश्वास रहेको छ । पहाडमा चन्द्रमाको आकारको एक आकृति बनेको छ, जसले भ्रुणको बच्चाको लिंगको बारेमा बताउँदछ । पहाडमा ढुंगाले हिर्काएर त्यो पत्ता लगाउन सकिन्छ । गर्भवती महिलाहरुले केही टाढाबाट पहाडको त्यो आकृतिमा ढुंगाले हान्छन् । यति फ्याँकेको ढुंगा चन्द्राकारको बीचमा गएर बज्रियो भने छोरा जन्मिन्छ र चन्द्राकार भन्दा बाहिर बज्रियो भने छोरी जन्मिन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया