कर्मचारीहरुले टार्गेट पूरा नगरेको भन्दै बीच सडकमा कम्पनीले दियो यस्तो सजाय

मनिषा थापा

बेइजिङ :  एक चिनियाँ कम्पनीले टारगेट पूरा नगर्ने कर्मचारीलाई बीच सडकमा सजाय दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।

मानिसहरुले यो बीच सडकमा कर्मचारीहरु घिस्रिदै गरेको भिडियो देखेपछि कम्पनीको उक्त हर्कतको आलोचना गरिरहेका छन्।

सबै कर्मचारी औपचारीक ड्रेसमै घिस्रिरहेका छन्। सामाजिक सञ्जाल ट्विटरमा एससिएमपीले यो भिडियो राखेपछि उक्त कम्पनीलाई अधिकारीहरुले अस्थायी रुपमा बन्द गरेको बताइएको छ। गैर जिम्मेवार सजायको लागि उक्त कम्पनीमाथि अस्थायी प्रतिवन्द लगाइएको हो।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया