यी कस्ती श्रीमती जसले फोनको पासवोर्ड नदिएको रिसमा आफ्नो श्रीमानलाई जिउँदै जलाईन

मनिषा थापा

इन्डोनेसियामा एक महिलाले फोनको पास्वोर्डलाई लिएर झगडा हुँदा आफ्नो श्रीमानलाई जिउँदै जलाएकी छिन्। श्रीमानलाई जलाएर हत्या गरेको आरोपमा स्थानीय प्रहरीले इन्डोनेसियामा इल्हाम काह्यानी नाम गरेकी महिलालाई पक्राउ गरेको हो।

स्थानीय मिडियाहरुका अनुसार श्रीमतीले फोनको पास्वोर्ड माग्दै गर्दा डेदी पूर्णमा घरको टायल मर्मत गर्दै थिए। २६ वर्षीय ती श्रीमानले पास्वोर्ड दिन भने इन्कार गरेको र सोहि विषयलाई लिएर दुई बीच झगडा भएको थियो।श्रीमती धेरैनै कराएपछि पूर्णमा छानोबाट तल झरेका थिए। विवाद बढ्दै जाँदा पूर्णमाल श्रीमती माथि हात उठाएको हुन सक्ने पूर्वी लम्बोक पुलिस प्रमुखको बुझाइ छ।

श्रीमानले हात उठाएपछि इल्हामले पेट्रोलको जर्किन पूर्णमाको शरीरमा खन्याइदिएकी थिइन्। पेट्रोलले भिजेको शरीरमा इल्हामले सलाई कोरेर आगो लगाइदिएको स्थानीय मिडियाहरुको अड्कल छ।एक प्रतक्ष्यदर्शी ओजीका अनुसार आगो देखेपछि उनी तुरुन्तै घटनास्थलमा पुगेका थिए। जलिरहेका पूर्णमालाई अस्पताल पुर्याउन उनै ओजीले सहयोग गरेका हुन्।

केरुआक हेल्थकसेन्टरमा पुर्याइएका पूर्णमाको डाक्टरहरुले लगातार उपचार गरेता पनि उनको ज्यान भने बच्न सकेन। डाक्टरहरुको अथक प्रयासको वावजुत पनि पूर्णमाको दुई दिन पछि मृत्यु भएको हो।श्रीमती इल्हामलाई हिरासतमा राखेर घटना बारे प्रहरीले सोध-पुछ र अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया