सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै ट्रक दुर्घटना हुँदा चार घाइते

शर्मिला गुरुङ

रसुवा, ६ माघ : उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो ।

घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ लाने तयारी भरहेको बताइएको छ । रासस

प्रतिक्रिया