बलात्कारपछि हत्या गरिएकी श्रेया सुनारको परिवारलाई आर्थिक सहयोग

शर्मिला गुरुङ

चिप्लेढुङ्गा, ६ माघ : बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलार्ई पोखरा सभागृहस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।

सहकारीले आफ्नो ११ औंँ वार्षिकोत्सवका अवसरमा रु १५ हजार उनकी आमा बेलकुमारीलाई सहयोग गरेको हो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले आर्थिक विपन्नता भएकाहरुमाथि झनै बढी हिंसा हुने गरेको छ भन्दै जो कमजोर छ उसैलाई निशाना बनाउने संस्कार बढिरहनु दुखद् हो भन्नुभयो ।
सहकारीकै सदस्य उमेश अछामीले पनि आफ्ना छोरा रञ्जितको जन्मदिनका अवसरमा श्रेयाको परिवारलार्ई रु ११ हजार सहयोग गर्नुभयो । बेलकुमारीले दैनिक औषधि खानुपर्दा आफ्नो आर्थिक स्थिति नाजुक हुँदै गएको र ठूली छोरीले विद्यालय छाड्नुपरेको दुखेसो पोख्नुभयो । गत असोज ९ गते पोखरा– २२ पुम्दिभुम्दीकी १० वर्षीया श्रेयाको बलात्कारपछि हत्या भएको थियो । दोषी कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । रासस

प्रतिक्रिया