फरार अभियुक्त दश वर्षपछि पक्राउ

admin

मुसिकोट, ६ माघ : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ मग्माका ४७ वर्षीय डम्बर खत्रीलाई प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार खत्रीले २०६५ जेठमा गाउँकै ४३ वर्षीया घिउकुमारी परियारसँग अवैध सम्पर्क राखेर नवजात शिशुको हत्या गरेका थिए । जिल्ला अदालत रुकुमले खत्री र परियारलाई २०६६ असोज २३ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला गरेको थियो । खत्री घटनापछि फरार भएका थिए । परियार भने कारागारमा सजाय भोग्दै आएकी छिन् ।
-रासस

प्रतिक्रिया