बिक्नै छाडे चिनियाँ टेलिभिजन

admin

वेइजिङ, चीन, ६ माघ:  प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ ।  तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) का अनुसार चीनमा टेलिभिजन सेटको बिक्रीमा सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.६ प्रतिशतको गिरावट आएको छ । उक्त संस्थाले टेलिभिजनविक्रीबाट भएको औषत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको जनाएको छ । 

सन् २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजनउत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ । चिनियाँ भिडियो उद्योग संगठनका उप–महासचिव पेङ जियानफेङले भन्नुभयो, “घरेलु प्रयोजनका लागि गत बर्ष चिनियाँहरूले ४७ करोड ७४ लाख टेलिभिजन खुद्रारूपमा किनेका थिए । यो अघिल्लो बर्षको तुलनामा शुन्य दशमलब पाँच प्रतिशतको वृद्धि हो ।” 

 

यसैबीच सन् २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको र यो अघिल्लो बर्षको तुलनामा २१ प्रतिशतको वृद्धि हो । चीनले अर्थतन्त्रमा योगदान गर्नका लागि चीनले कार तथा घरायसी सामानहरूको विक्रीलाई प्रोत्साहन गरेको र यि सामानको उपयोगमा वृद्धि गरेको थियो ।

-रासस 

प्रतिक्रिया