तपाईको घरको छेउछाउमा परेवाले गुड बनाएको छ ? हुनसक्छ यस्ता सङ्केत

मनिषा थापा

पिएनपिखबर : परेवा एक शान्त स्वभावको पन्छी हो। जसकारण जो कोहिले पनि परेवालाई अत्यन्तै मनपराउछन। अधिकांश मानिस परेवालाई दैनिक पानी दाना दिने गर्छन। परेवाले यदी कसैको घर वरपर गुड बनायो भने उनीहरुमा केहि प्रभाव पर्न सक्ने कयौ मानिसको विश्वास छ।

हरेक मानिस आफ्ना परिवारजनको भरणपोषण गर्नको लागि सधै कडा मेहेनत गर्ने गर्छन। मेहनत त हर कोहिले गर्छ तर कसैले ज्यादा पैसा कमाउछ्न त कोहि निकै कम पैसा कमाउछ्न। तपाइले कयौ मानिस देखेको हुनुपर्छ जो पढाईमा निकै तेज र मेहेनती हुन्छन। तर पनिसधै असफलता हात पर्छ। त्यस्तो बेला समय ठिक नचलेको कतिले अनुमान लगाउछन।

सफलता पाउनको लागि मेहनतको साथमा भाग्य पनि तेज हुनु जरुरी छ। परेवा यसको बिकल्प हुन् सक्दछ। यदी तपाईको घरमा परेवा आउँन थालेको छ वा वरपर आफै गुड बनाएर बसेको छ भने घरमा सुख, शान्ति र उन्नती मिल्ने संकेत हुनसक्छ। तर कयै मानिस भने घरमा परेवा आउनु वास्तुदोष पनि मान्ने गर्छन जुन विल्कुल गलत हो। यदी तपाईको घरको वरपर परेवाले गुड बनाएको छ भने सधै दाना पानी दिनुहोस। यसले तपाईको भाग्यदय हुनेछ। भाग्य उज्ज्वल पार्नको लागि तपाई घरमा आफै परेवा पाल्न सक्नुहुनेछ।

प्रतिक्रिया