रहेनन् वरिष्ठ कलाकार गणेश मुनाल

मनिषा थापा

नेपाली चलचित्रका कुशल अभिनेता गणेश मुनालको निधन भएको छ । सोमबार विहान वीर अस्पतालमा उनको निधन भएको हो ।

विरामी भएपछि लामो समयदेखि उनी चलचित्रको पर्दामा आउन सकेका थिएनन् । दर्जनौ नेपाली चलचित्रमा अभिनय गरिसकेका मुनाल एक हुनहार कलाकार थिए ।


स्वर्गीय मुनालको अन्त्यष्टी आजै गरिने भएको छ । निधन हुनुको कारण भने खुलेको छैन । पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ। उनले एक पल, सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन, जस्ता फिल्ममा अभिनय गरेका छन् ।

विरामी अबस्थामै उनले केही समयपछि प्रर्दशनमा आउन लागेको गोपीमा अभिनय गरेका थिए । गोपी नै उनको अन्तिम फिल्म बनेको छ । तर आफुले अभिनय गरेको फिल्म हेर्ने मुनालको धोको भने पुरा हुन् सकेन।

प्रतिक्रिया