चर्चित कमेडी ‘द कपिल शर्मा शो’मा सुनिल ग्रोवरले फेरी मार्ने भए इन्ट्री

मनिषा थापा

एजेन्सी : भारतीय चर्चित कमेडी ‘द कपिल शर्मा शो’मा हाँस्य कलाकार सुनिल ग्रोवरले फेरी इन्ट्री मार्ने भएका छन् । कपिल र सुनीलबीच मनमुटाब भएपछि सुनीलले शो छोडेका थिए । लामो समयसम्म दुई कलाबारबीच बोलचाल पनि भएको थिएन ।

त्यसपछि कपिल शर्मा शो पनि धेरै समय टिकिरहन सक्नेन र एक वर्षसम्म बन्द भयो। अहिले भने फेरी कपिल शर्मा शो शुरु भएको छ। अहिलेको शोमा कृष्णा जस्ता कलाकार पनि छन् । तर पनि कपिललाई सुनिलको कमी महसुस भइरहेको थियो । हालै कपिलले अप्रत्यक्षरुपमा उनी शोमा आउन लागेको बताएका छन् ।

सूनिलका फ्यानहरु यस खबरपछि निकै उत्सुक देखिन्छन। कपिल शर्मा शो मा डा. गुलाटीका रुपमा देखा पर्दै आएका सुनील निकै जोशिला कलाकार हुन् । उनले कपिल शर्मा शो दुई पटक छोडि सकेका छन् भने दुई पटक नै उनी फेरी शो मा जोडिएका छन् । कपिल र सुनिलको जोडी भारतीय हास्य टेलिशंखलामा नम्वर १ पोजिशनमा छन् । उनीहरु एक अर्काका पुरक छन् । कपिल बिना सुनील र सुनील बिना कपिल अधुरा जस्तै हुने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू