७४ बर्षीय आमा र उनकी छोरीलाई चर्चबाट निकालिएको होइन: पास्टर अधिकारी

सन्दीप खत्री

ललितपुर : महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा टहरोमा बस्दै आएका ७४ बर्षीय आमा र उनकी छोरीलाई चर्चबाट ननिकालिएको धार्मिकता अनुग्रह चर्चका पास्टर पत्रुस अधिकारीले बताएका छन। क्रिष्टियन धर्मावलम्बी तारा कार्कीको पहलमा बेवारिसे अवस्थामा रहेका उनीहरुलाई चर्चमा १ बर्षसम्म राखिएको र उनीहरुको साथमा रहेको फोहोर सामान हटाउन भन्दा नमानेपछि उनीहरु आफै चर्च नजिकै रहेको स्थानमा टहरो हालेर बस्न थालेको पास्टर अधिकारीले जानकारी दिए।

बेवारिसे अवस्थामा रहेको थाहा पाएपछि पौष ३० गते याक्सन फर सोसियल चेन्जका अध्यक्ष बिनय जंग बस्नेत र पिएनपि मीडियाको सहकार्यमा सिरक-डसना-तकिया लगायतका जाडोमा न्यानोका सामान्य सामाग्री सहयोग गरिएको थियो। आफ्नो नाम कान्छी बताउने आमा र छोरीको बयानको आधारमा ‘चर्चबाट बेइज्जत हुन्छ भन्दै निकालिएपछि बुढेसकालमा आमाछोरी नै टहराको बास’ शिर्षकमा पौष ३० गते भिडियो सहितको समाचार सम्प्रेषण गरिएको थियो ।

 

प्रतिक्रिया