सरकारको रेल : पक्का गुड्छ, चाँडै गुड्छ

admin

काठमाडौं, माघ ८ : निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्ने निर्णय गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन सहमति मिलेको छ ।

विभागले मिति नतोके पनि चाँडै रेल संचालनमा आउने जनाएको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर(सिडिई) अमन चित्रकारले जयनगर–कुर्थामा चाँडै रेल गुड्ने दाबी गरे । ‘मिति नतोकौं तर चाँडै नै रेल गुड्छ–उनले भने ।

 

विभागले २ वटा रेल गुडाउने भने पनि बजेट भने १ वटा रेल किन्न सकिने बराबर विनियोजन गरेको छ । सरकारले यस वर्ष रेल किन्न भन्दै ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो समाचार नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रतिक्रिया