आज ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ

पूजा बानियाँ

काठमाडौँ, ८ माघ  : नेपाली बजारमा हिजोको तुलनामा आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ७५ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३५ पैसा छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ८० पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४६ रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १४७ रुपैयाँ १४ पैसा छ।

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४९ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २४ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ।

प्रतिक्रिया