काठमाडौं, ८ माघ : चर्चित बलिउड अभिनेत्री प्रियङ्का चोपडाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ युट्युबमा सार्वजनिक भएको छ । उक्त चलचित्र पाखी ए तराइवालाले निर्देशन गरेको हो।
अभिनेत्री प्रियङ्का चोपडाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।
डिसेम्बर ७ मा रिलिज भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ ।
हेर्नुहोस पुरा चलचित्र :