कमेडी नै कमेडीले भरिएको फिल्म “टोटल धमाल” को ट्रेलर रिलिज

पूजा बानियाँ

बलिउड, ८ माघ : बलिउडको लोकप्रिय कमेडी सिरिजको तेस्रो इन्स्टलमेन्ट ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक भएको छ । मल्टीस्टारर फिल्मको ट्रेलरमा अघिल्ला सृंखलाका भन्दा थुप्रै कमेडी सिक्वेन्स प्रयोग गरिएको छ ।

इन्द्र कुमारले निर्माण एवं निर्देशन गरेको यस फिल्ममा अजय देवगण, रितेश देशमुख, अर्षद वार्सी, जावेद जाफ्रे, अनिल कपूर, माधुरी दिक्षित, इशा गुप्ता, बोमन इरानी, संजय मिश्र जोनी लिवर, राजपाल यादवलगायतका कलाकारको मुख्य भुमिका रहेको छ।

लुकाइएको पैसा पाउन गरिने मेहनतलाई फिल्मले कमेडी ढंगबाट प्रस्तुत गर्छ । पहिलो सृंखला ‘धमाल’मा लुकाइएको पैसा १० करोड थियो । ‘टोटल धमाल’सम्म आउँदा त्यसको आकार ५० करोडमा पुगेको छ । फिल्म फ्रेब्रअरी २२ मा रिलिज हुँदैछ । यसअघि सन् २०११ मा तेस्रो सिक्वेल डबल धमाल पनि रिलिज भएको थियो ।

हेर्नुहोस टोटल धमालाको ट्रेलर:

प्रतिक्रिया