६५ प्रतिशत भूकम्पपीडितको निजी आवास पुनःनिर्माण सम्पन्न

कृष्ण रोकाया

मेलम्ची, ८ माघ : भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा ६५ प्रतिशतभन्दा बढी भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सम्पन्न गरेका छन् ।

कूल ८७ हजार लाभग्राहीमध्ये ५६ हजार ६७९ ले पुनःनिर्माण सकेर अन्तिम किस्ता भुक्तानी लिएको अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयका निमित्त आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले बताउनुभयो । व्यवस्थापक गुप्ताका अनुसार प्राधिकरणले तोकेको म्याद पुससम्म ८७ प्रतिशतले मात्र डिपिसी लेवलको काम सकेर दोस्रो किस्ता भुक्तानी लिएका छन् । दोस्रो किस्ता भुक्तानी लिनेको सङ्ख्या ७५ हजार ९६३ रहेको छ ।

त्यस्तै ८४ हजार ९९६ लाभग्राहीले पहिलो किस्तावापत रकम बुझेका छन् । प्राधिकरणको लाभग्राही सूचीमा पर्न २३ हजार ९५४ जनाले गुनासो फारम भरेका थिए । तीमध्ये १० हजार ४४३ को गुनासो फस्र्छौट हुन बाँकी छ । तर, यसको जिम्मेवारी प्राधिकरणले स्थानीय तहलाई दिए पनि कसरी गर्ने भन्ने अन्योल रहेको देखिएको छ । रासस

प्रतिक्रिया